यो पेज ‍ ...मा हेर्नुहोस्:

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ): अशक्तता र स्वास्थ्य तथ्य पत्र 2023

Insight मा स्वागत छ । Insight श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरू तथा उनीहरूलाई सहयोग गर्ने परिवार, साथी, पेशाकर्मी, संस्था र सरोकारवालाहरूका लागि निर्माण गरिएको पहुँचयोग्य डिजिटल सिकाइ तथा स्रोत केन्द्र हो। यहाँ श्रवणदृष्टि विहीनतासम्बन्धी सूचना, सिकाइ सामग्री, व्यावहारिक स्रोत, अनुभव र उपयोगी ज्ञान एकै ठाउँमा पाउन सकिन्छ। हामी विश्वास गर्छौँ, ज्ञान बाँड्दा बढ्छ, अनुभव साझा गर्दा सिकाइ अझ अर्थपूर्ण हुन्छ र एकअर्कासँग जोडिँदा नयाँ सम्भावनाका ढोका खुल्छन्।

Insight ले श्रवणदृष्टि विहीनता भएका व्यक्ति तथा उनीहरूका सहयोगीहरूलाई नयाँ कुरा सिक्न, ज्ञान र सीप विस्तार गर्न, अनुभव बाँड्न, समुदायसँग जोडिन, सक्रिय रूपमा सहभागी हुन र आत्मविश्वासका साथ अघि बढ्न सहयोग गर्छ।

Insight श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूकै सहभागिता, अनुभव र सहकार्यमा निर्माण गरिएको हो। संसार तीव्र रूपमा डिजिटल बन्दै जाँदा सूचना, ज्ञान, अवसर र समुदायसम्म पहुँचबाट कुनै पनि श्रवणदृष्टि विहीन व्यक्ति पछाडि नछुटून् भन्ने हाम्रो उद्देश्य हो।

हामी ज्ञानलाई केवल प्राप्त गर्ने कुरा मात्र होइन, सँगै सिक्ने, सँगै बाँड्ने र सँगै अघि बढ्ने माध्यमका रूपमा हेर्छौँ। भौगोलिक सीमाहरू पार गर्दै Insight ले विश्वभरका श्रवणदृष्टि विहीनता भएका व्यक्ति, परिवार, पेशाकर्मी, संस्था र समुदायलाई ज्ञान, अनुभव, स्रोत र अवसरमार्फत जोड्ने साझा डिजिटल स्थानका रूपमा काम गर्छ।


श्रवणदृष्टि विहीन व्यक्तिहरूलाई जीवनयापन, शिक्षा र प्रगतिका लागि सक्षम बनाउँदै

प्रतिलिपि

यो भिडियो सेन्स इन्टरनेसनल केन्याबाट लिइएको हो। भिडियोमा प्रस्तुत मन्तव्य ‘एडीडी-केन्या’ (AADD-Kenya) का संस्थापक तथा निर्देशक एवम् सेन्स इन्टरनेसनल केन्याका बोर्ड सदस्य जुलियस मुगा ओगायोले दिनुभएको हो। भिडियोको सुरुमा क्यामेरा जुलियसमाथि केन्द्रित हुन्छ, जो सेतो सर्ट, धर्के टाई र निलो सुटमा सजिएका एक अश्वेत पुरुष हुन्। उहाँको पृष्ठभूमिमा कुनै कार्यक्रम स्थलको दृश्य देखिन्छ, जहाँ सेन्स इन्टरनेसनलको ब्यानर र लोगो स्पष्ट रूपमा टाँगिएको छ।

Julius:

आजको विश्वमा डिजिटल समावेशीकरण कुनै विकल्प वा ऐच्छिक विषय मात्र रहेन; यो त एक अपरिहार्य आवश्यकता र जीवनको आधार बनि सकेको छ ।

वर्तमान संसारमा शिक्षा र रोजगारी पाउन, स्वास्थ्य सेवा उपभोग गर्न र नागरिक क्रियाकलापमा सहभागी हुन डिजिटल पहुँच अपरिहार्य बनिसकेको छ।

प्रविधिको पहुँच बिना मानिसहरू विकासको मूल प्रवाहबाटै पछाडि छुट्छन्

श्रवणदृष्टि विहीनता र बहु-अपाङ्गता भएका व्यक्तिहरूका लागि डिजिटल प्रविधि नै एकाकीपन र सञ्चार, बहिष्करण र सहभागिता, अनि परनिर्भरता र आत्मनिर्भरताबीचको मुख्य भिन्नता बन्न सक्छ।

यसले एक्लोपनलाई सामिप्यतामा, सन्नाटालाई अभिव्यक्तिमा र निराशालाई आशामा बदलिदिन्छ।

डिजिटल माध्यमकै मद्दतले श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरू पनि सिक्न, काम गर्न र आफ्ना समुदायसँग जोडिन सक्छन्। उनीहरू सूचनामा पहुँच पाउन, आफ्ना भावनाहरू व्यक्त गर्न र समाजमा समान हैसियतका साथ योगदान पुर्‍याउन सक्षम हुन्छन्। डिजिटल समावेशीकरणको वास्तविक सामर्थ्य यही हो र ‘सेन्स इन्टरनेसनल’ (Sense International) ले यही क्षेत्रमा कार्य गरिरहेको छ।

तसर्थ, यो डिजिटल हब केवल एउटा सञ्चार माध्यम मात्र होइन, बरु समावेशीकरण सम्भव छ र प्रविधिले दूरीलाई मेटाउन सक्छ तथा श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित हुनै पर्छ भन्ने दृढ सङ्कल्प पनि हो।

आउनुहोस्, हामी आफ्नो सहकार्यलाई अझ बलियो बनाऔँ, ताकि श्रवणदृष्टि विहीनता र अन्य अपाङ्गता भएका व्यक्तिहरूको आवाजले नै हामीले सिर्जना गर्ने प्रत्येक समाधान र प्रयासहरूलाई मार्गनिर्देशन गर्न सकोस्। धन्यवाद।


सहयोग प्राप्त गर्न सुरुवात गरौं


शिक्षण, हेरचाह, सिकाइ र प्रगतिको लागि स्रोतहरू


दिपकको सिकाइ प्रतिको रुचि

A woman sat facing a young man with deafblindness using tactical sign language.

दिपकले अन्य बालबालिकका जस्तै शिक्षामा पहुँचयुक्त वातावरण पाउनुपर्छ, जसले उनलाई निरन्तर प्रगति गर्न सक्षम बनाउँछ।

दिपकका शिक्षक

हाम्रो Insight, नयाँ स्रोतहरू र श्रवणदृष्टि विहीनता सम्बन्धी हामीले गरेका कामका बारेमा अपडेटहरू प्राप्त गर्न साइन अप गर्नुहोस्।