व्यावहारिक मार्गदर्शन, उपयोगी जानकारी, नवीनतम अनुसन्धान लगायत अन्य विषयहरु!
यदि तपाईं अभिभावक, हेरचाह गर्ने व्यक्ति, शिक्षण पेशामा संलग्न, श्रवणदृष्टि विहीन व्यक्ति, वा श्रवणदृष्टि विहीनताको बारेमा थप जान्न इच्छुक व्यक्ति हुनुहुन्छ भने, तपाईं यहाँ विभिन्न सन्दर्भ सामग्रीहरू पाउनुहुनेछ ।
परिणामहरू फिल्टर गर्नुहोस्
फिल्टर
स्रोतहरूको सूची
श्रवणदृष्टि विहिन भनेको के हो (भिडियो)
यो स्रोतले श्रवणदृष्टि विहिनता, यसको कारण, प्रकार, लक्षणहरू, र संचार, शिक्षा तथा दैनिक जीवनमा सहयोगका उपायहरूको बारेमा जानकारी दिन्छ।
ग्लोबल डेफब्लाइन्डनेस रिसोर्स हब – पुष्पराज रिमालको कथा
यो स्रोत सामग्री नेपालको श्रवणदृष्टिविहीनता भएका प्रतिनिधिहरूले ग्लोबल डेफब्लाइन्डनेस रिसोर्स हब वेबसाइटको प्रयोग, ज्ञान तथा अनुभवबारे जानकारी दिन र श्रवणदृष्टि विहीनता भएका व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरू एवम् अन्यले उपयोग गर्न सक्ने जानकारी प्रदान गर्न तयार गरिएको हो।
प्रशान्त कठायतको कथा
यो स्रोत सामग्री नेपालको श्रवणदृष्टिविहीनता भएका प्रतिनिधिहरूले ग्लोबल डेफब्लाइन्डनेस रिसोर्स हब वेबसाइटको प्रयोग, ज्ञान तथा अनुभवबारे जानकारी दिन र श्रवणदृष्टि विहीनता भएका व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरू एवम् अन्यले उपयोग गर्न सक्ने जानकारी प्रदान गर्न तयार गरिएको हो।
श्रवणदृष्टि विहीन बालबालिकालाई सुरुवाती वर्षहरूमा कसरी सहयोग गर्ने
बालबालिका जन्मेको पहिलो वर्ष बाबुआमाको लागि धेरै सिक्ने वर्ष हो । यहाँ तपाईंले गम्भिर अपाङ्गता भएका बालबालिकाका बाबुआमा वा स्याहारकर्ताले धेरै सोध्ने केही प्रश्नहरूको जवाफ पाउनुहुनेछ ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धी
यो अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धीमा व्याख्या गरिए बमोजिमका अपाङ्गता भएका व्यक्तिका केही अधिकार सम्बन्धी छोटो प्रस्तुती हो ।
श्रवणदृष्टि विहीन व्यक्तिहरूसँग सञ्चार गर्ने तरिका
सञ्चार गर्ने र सम्पर्क स्थापित गर्ने हजारौँ तरिकाहरू छन् - जस्तै, बोलेर, साङ्केतिक भाषा प्रयोग गरेर, स्पर्श, शारीरिक हाउभाउ, ध्वनी, चित्र, वस्तुहरू वा विद्युतीय सहयोगी सामग्रीको प्रयोग गरेर ।
श्रवणदृष्टि विहीनता भनेको के हो
यो पेजमा श्रवणदृष्टि विहीनताका बारेमा व्याख्या गरिएको छ । यसमा श्रवणदृष्टि विहीनताका विभिन्न प्रकारहरूबारे पनि जानकारी समावेश छ । साथै, भरखरै जन्मेको बालबालिका र वयस्कमा यसका कारणहरू, यसको निदान, यसका लक्षणहरू र यसको अन्तर्निहित कारणको उपचार र अवस्थाको व्यवस्थापनबारे पनि जानकारी छ ।
श्रवणदृष्टि विहीनता गमनशिलता र अभिमुखिकरण अभिभावकहरुका लागि सजिलो हाते पुस्तिका
श्रोत: अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४
अपाङ्गताको परिचय र वर्गीकरण सम्बन्धी हाते पुस्तिका
श्रोत: अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४
अपाङ्गता परिचयपत्र वितरण तथा प्राप्त गर्ने प्रक्रियाहरुको संगालो
श्रोत: अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४
